चितवनका तीन वडामा भएको वडाध्यक्षको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी

चितवनका तीनै वडामा काँग्रेसका उम्मेद्वार विजयी

Image result for काँग्रेस

चितवनका तीन वडामा भएको वडाध्यक्षको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । जिल्लाको भरतपुर महानगरपालिका–१६ मा काँग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी भएका छन् ।उनले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तराज हमाललाई पराजित गरेका हुन् । अमृतराजले तीन हजार १८३ मत प्राप्त गरे भने भक्तराजले दुई हजार ८७५ मत प्राप्त गरेका थिए ।

यस्तै पूर्वी खैरहनी नगरपालिका–४ मा काँग्रेसका उम्मेदवार देवबहादुर बस्नेतले नेकपाका उम्मेदवार वेदबहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गरे । बस्नेतले एक हजार १३८ मत प्राप्त गर्दा नेकपाका वेदबहादुर अधिकारीले ९८६ मत ल्याएका थिए ।खैरहनीकै वडा नं ५ मा नेपाली काँग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका उम्मेदवार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरिन् । कार्कीले ८४२ मत प्राप्त गर्दा र प्रधानको ७५६ मत आएको थियो । नेपाल आज बाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *