एम्बुलेन्स र ट्रक एकापसमा ठोक्किँदा एकै परिवारका पाँच जना सहित १ को निधन

एम्बुलेन्स र ट्रक एकापसमा ठोक्किँदा एकै परिवारका पाँच जना सहित १ को निधन

Image result for एम्बुलेन्स र ट्रक एकापसमा ठोक्किँदा

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरमा एम्बुलेन्स र ट्रक एकापसमा ठोक्किँदा उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका एकै परिवारका पाँच सहित छकोनिधन भएको छ ।विराटनगर मोडल अस्पतालमा उपचारत ७५ वर्षीया शिवमाया राईको निधन भएपछि को१त ९३६४ नंको एम्बुुलेन्सबाट मृ तक लिएर आउने क्रममा पश्चिमबाट आउँदै गरेको ना२ख ९०८२ नंको ट्रकले एम्बुलेन्समा ठक्कर दिएपछि एम्बुलेन्समा सवार सबैको निधन भएको एम्बुलेन्स चालक सङ्घ उदयपुरका अध्यक्ष मेहबुबआलमले बताउनुभयो ।

निधन हुनेमा बोक्सेका ३४ वर्षीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलाबहादुर राई, ३५ वर्षीय उद्धव राई र ३२ वर्षीय दिनेश राई रहेका छन् भने एम्बुलेन्स चालक त्रियुगा–७ राजाबासका राजेश दनुवारको पनि निधन भएको एम्बुलेन्स चालक सङ्घ उदयपुरका अध्यक्ष आलमले बताउनुभयो । निधन भएका सबै शिवमायाका छोराहरु रहेको अनुमान गरिएको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरका अनुसार अहिले मृ तक सबैको शव सुनसरीको इनारुवा अस्पतालमा राखिएको र फरार ट्रक चालकको खोजी भइरहेको सुनसरी प्रहरीलाई उद्धृढ गर्दै उहाँले बताउनुभयो ।

अस्पतालमा शिवमाया राइको निधन भएपछि उनको शव लिएर फर्कदै गरेको एम्बुलेन्सलाई ट्रकले ठक्कर दिएको थियो। ट्रक चालक भने फरार छन्। तीब्र गतिका कारण घटना भएको हुनसक्ने अनुमान गरिएको छ।चितवनमा ठुलो दुर्घटना : बस र ट्रक ठोकियो, यस्तो छ पछिल्लो अवस्थात्यस्तै नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटस्थित काठमाडाँैबाट सुर्खेततर्फ जाँदै गरेको ना ४ ख ९८१९ नम्वरको बस र ना ५ ख ९१९७ नम्वरको ट्रक ठोक्किँदा १३ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिग्रिएर रोकी राखेको बसलाई ट्रकलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा बसमा सवार यात्रु घाइते भएका र उनीहरुको पुरानो मेडीकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोईरालाले जानकारी दिनुभयो ।ताजा खबर बाट 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *