पाेखरामा नेकपाकाे सभा चलिरहेकाे स्थान नजिकै बम विस्फाेट

पाेखरामा नेकपाकाे सभा चलिरहेकाे स्थान नजिकै बम विस्फाेट

पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनी केन्द्रमा सत्तारुढ नेकपाको चुनावी सभा चलिरहेको बेला नजिकै बम बिस्फोट भएको छ । प्रदर्शनी केन्द्रको पश्चिमतर्फ ठूलो आवाजमा बुधबार दिउँसाे बम विस्फोट भएको हो । विस्फोटबाट पार्किङमा रहेको ग १ ख ८८९१ नम्बरको बसको पछाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ। अहिले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीका अनुसार बम विस्फोट कसले गराएको भन्ने थाह हुन सकेको छैन।

सभामा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ बोलिरहेका थिए। सभामा नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वगृहमन्त्री एवं सचिवालय सदस्य वामदेव गौतमले सम्बोधन गर्ने कार्यक्रम छ।पोखराका विभिन्न क्षेत्रबाट र्‍यालीसहित नेकपाका नेता, कार्यकर्ता प्रदर्शनी केन्द्रमा पुगेका थिए। मध्याह्नदेखि सभा जारी छ। कास्की २ मा मंसिर १४ गते उपचुनाव हुँदै छ। नेकपाले उप निर्वाचनका लागि तत्कालीन सांसद रविन्द्र अधिकारी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ।नेकपाको चुनावी सभामा भाग लिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बामदेव गौतमलगायतका नेताहरु पोखरा पुगेका छन्।नेपाल आज बाट 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *