पुटिनलाई नेपाल भ्रमणको निम्तो परराष्ट्र मन्त्री ज्ञवाली र रूसी समकक्षी लाभरोभबीच भेट

पुटिनलाई नेपाल भ्रमणको निम्तो परराष्ट्र मन्त्री ज्ञवाली र रूसी समकक्षी लाभरोभबीच भेट

Image result for पुटिनलाई नेपाल भ्रमणको

रूस भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र रूसी विदेशी मन्त्री सर्गेई लाभरोभबीच भेटवार्ता भएको छ।राजधानी मस्कोमा सोमबार भएको भेटवार्ताका क्रममा मैत्रीपूर्ण सम्बन्ध मजबुद् र विस्तार बनाउने  र पारस्परिक हितका विभिन्न विषयमा सहकार्य गर्नेबारे छलफल भएको मन्त्री ज्ञवालीले ट्वीटरमार्फत जानकारी दिएका छन्।लामो अन्तरालपछि भेट (परराष्ट्र मन्त्रीस्तरीय) भएको छ। हामीले संयुक्त रूपमा पत्रकार सम्मेलनमा सम्बोधन गर्‍यौं,’  ज्ञवालीले लेखेका छन्।सर्गेई लाभोरोभको निमन्त्रणामा मन्त्री ज्ञवाली गत शनिबार रूस भ्रमणमा गएका हुन्।

भेटका क्रममा परराष्ट्र मन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले रूसी समकक्षी भ्लादमिर पुटिनलाई नेपाल भ्रमण गर्न पठाएको निम्तो हस्तान्तरण गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मन्त्री ज्ञवालीमार्फत् रूसी समकक्षीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। नेपाली परराष्ट्र मन्त्रीले १४ वर्षयता रूसको भ्रमण गरेका थिएनन्। भेटका क्रममा रूसी विदेश मन्त्री लाभरोभले सन् २००५ पछि नेपाली परराष्ट्र मन्त्रीबाट भएको रूस भ्रमण महत्वपूर्ण भएको बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

रूस र नेपालबीच १९५६ जुलाईमा दौत्य सम्बन्ध स्थापना भएको हो। त्यसयता रूसले नेपालका विभिन्न क्षेत्रमा लगानी र सहयोग गर्दै आएको छ। सन् २०१८ मा नेपाल र रूसबीच झन्डै ९१ लाख डलरको व्यापार भएको छ। त्यसमध्ये नेपालले ७० लाख डलर बराबरको सामान आयात गरेको छ भने २१ लाख डलर बराबरको सामान रूस पठाएको छ।ज्ञवालीले मंगलबार मस्कोस्थित अन्तर्राष्ट्रिय सम्बन्ध संस्थामा नेपाल रूस सम्बन्ध र सहयोग बारे सम्बोधन गर्नेछन्। उनले मस्कोमा रूसी नेता र गैर-आवसीय नेपाली संघका प्रतिनिधिसँग पनि भेट्नेछन्।

भ्रमणको दोस्रो चरणमा, परराष्ट्रमन्त्री ज्ञवालीले सर्वियाको बेलग्रेड जानेछन्। उनी नेपाल र सर्वियाबीच कूटनीतिक सम्बन्धको ६० औँ वार्षिकोत्सवका अवसरमा बुधबार सर्विया पुग्नेछन्। त्यहाँ  उनले प्रथम उप-प्रधानमन्त्री तथा सर्वियाका विदेश मामिलामन्त्री आइभिका डाकिकसँग द्वीपक्षिय वार्ता गर्नेछन्।ज्ञवालीले सर्वियाका उच्चस्तरीय व्यक्तिहरुसँग शिष्टचार भेट पनि गर्ने जनाइएको छ। उनको उपस्थितिमा लगानी र पर्यटन प्रवर्द्धनका लागि स्थानीय चेम्बर अफ कमर्स र टुर अपरेटरबीच बेलग्रेडमा अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरिएको छ।ज्ञवालीसहितको प्रतिनिधिमण्डल मंसिर १४ गते नेपाल फर्किने छ।सेतो पाटि बाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *