१ अर्ब ४० करोडको हेलिकप्टर काठमाडौं आइपुग्यो

१ अर्ब ४० करोडको हेलिकप्टर काठमाडौं आइपुग्यो

Image result for १ अर्ब ४० करोडमा इटालीबाट खरिद गरिएको हेलिकप्टर काठमाडौं आइपुग्यो

नेपाल सरकारले उच्च पदस्थ व्यक्तिहरूको सवारीका लागि भनेर किनेको हेलिकप्टर काठमाडौं आएको छ। नेपाली सेनाले सञ्चालन गर्नेगरी खरिद गरिएको हेलिकप्टर आज काठमाडौं आइपुगेको हो।१ अर्ब ४० करोडमा इटालीबाट खरिद गरिएको यो हेलिकप्टर नेपाली सेनाको

स्वामित्व र सञ्चालन हुने भएपनि यसको दर्ता र नियमन भने नागरिक उड्डयन प्राधिकरणले गर्ने छ।इटालीबाट ग्रीस, इजिप्ट, दुबई, बहराइन, ओमान, पाकिस्तान, भारत हुँदै उक्त हेलिकोप्टर काठमाडौं ल्याइएको हो।यसको नेपाली दर्ता नम्बर ‘नाइएन-पिएमए’ हुने छ।नेपाली सेनाको कलरमा नहुने यो हेलिकप्टर नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएको छ। यसको सञ्चालनका लागि प्राधिकरणबाटै अनुमति लिनुपर्ने छ।

आठ सिट हुने यो हेलिकप्टरमा भिभिआइपी प्रायोजन का लागि सिट घटाउन सकिने छ।इटालीमा बनेको उक्त हेलिकोप्टरमा अत्यधुनिक सुविधानसम्पन्‍न सिट छन्। भाइब्रेशनन र साउण्डप्रुफ सुविधा रहेको उक्त हेलिकोप्टर पहिलोपटक नेपालमा ल्याइएको हो। सिधा अन्लाईन खबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *