दुईचोटि पर्‍यो चट्याङ यी महिलाको गाडीमा भिडियो सहित

दुईचोटि पर्‍यो चट्याङ यी महिलाको गाडीमा भिडियो सहित

Image result for चट्याङ गाडीमा

साइबेरियाको नोभोसिबिर्स्कमा गाडी चलाइरहेकी आन्ना नाकाज्नीखलाई दुईपटक चट्याङ परेको छ । टोयोटा एसयूभीमा चट्याङ परेको भिडियो अर्का गाडीचालक गालिना एर्शोभाले खिचेकी हुन् । मैले केही समय त केही पनि देखिनँ अनि बेस्सरी स्टीयरिङ ह्वील समातें,’ एर्शोभाले चट्याङ देखेपछि भनिन् ।

स्लो मोसन भिडियोमा दुईपटक चट्याङ परेको देखिन्छ । चट्याङ परेपछि गाडी अडिएको थियो तर त्यसमा रहेका कसैलाई पनि केही भएन । ‘मानिसहरू डराएका थिए, त्यत्ति हो,’ एर्शोभाले भनिन् । उनले आफ्नो गाडी रोकिनन् । नाकाज्नीखले आफूलाई कुनै चोट नलागेको पुष्टि गर्दै कसैले पनि आफूलाई सहायता गर्न नआएको बताइन् ।

पछि एउटा उद्धार ट्रकलाई बोलाएर कार लग्न भनेको उनले बताइन् । कारलाई मर्मत गरिरहेको उनले जानकारी दिइन् । चट्याङ पर्दा कारभित्र बस्नु निकै सुरक्षित हुन्छ तर यात्रीहरूले कारको धातुलाई चाहिँ छुनु हुँदैन । कार पूर्ण रूपमा बन्द भएमा अनि त्यसको शीशा पनि नखोसलएमा चट्याङको बिजुली भुइँमा पुग्छ र भित्र बसेका मानिस सुरक्षित हुन्छन् ।लोकान्तर बाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *