मन्त्री भट्टराई महाराजाहरुसँग उठाउनुपर्ने सबै पैसा उठाउँछु, नतिरे का’रवाही

मन्त्री भट्टराई महाराजाहरुसँग उठाउनुपर्ने सबै पैसा उठाउँछु, नतिरे का’रवाही

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले आफूहरु जनताको सेवक भएकोले जनतासँग डराउने भएपनि मण्डलेहरुसँग नडराउने कडा प्रतिक्रिया दिएका छन् । उनले भने,‘हामी मण्डलेसँग भाग्दैनौं । तर, जनतासँग डराउँछौं । जनताका आलोचना सुन्छौं ।’

आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छनमा’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।मन्त्री भट्टराईले आक्रोश पोख्दै भने,‘मण्डलेसँग हामी किन सचेत हुने ? को हो मण्डले ? भुतप्रेतहरु, प्रतिगामीहरु, को हुन उनीहरु ? यही मण्डलेका नाईकेहरु, पढेलखेका भन्नेहरुको स्तर नै देखियो त ।

तिनै मण्डलेहरुले प्रयोग गरेको जहाजको पैसा नतिरेर झण्डै झण्डै पाँच करोड क्याँस, र आजको दिनमा ब्याजमा ढाल्नुभयो भने राजा महाराजाहरुले चढेको जहाजको पैसा नतिरेर हाम्रो एयरलाईन्सको डुबिरहेको छ । त्यो पैसा उठाउन म आएको हुँ ।’उनले सरकारले तिर्ने कि उनीहरुको जाहेजेथोबाट उठाउने भन्नेबारे निर्णय गर्न बाँकी रहेको सुनाए । नेपाल वायुसेवा निगमलाई सु्धार गर्नको लागि आफूहरुले उच्चस्तरीय आयोग गठन गरेको सुनाउँदै असाजे १ गते प्रतिवेदन आउने पनि उनले जनाए ।सिधा न्युज बाट 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *